नेपाल राष्ट्रिय मावि भालुवाङमा राष्ट्र निर्माणमा महिलाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता



नेपाल राष्ट्रिय मावि भालुवाङमा राष्ट्र निर्माणमा महिलाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता

भालुवाङ २२ मंसिर । नेपाल राष्ट्रिय मावि भालुवाङमा महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत राष्ट्र निर्माणमा महिलाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्मन्न भएको छ ।

नेपाल राष्ट्रिय मावि भालुवाङको आयोजना तथा नामसालिङ सामुदायिक विकास केन्द्रको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र केसीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष गेमे खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिता  सम्पन्न भएको हो । कक्षा ९ देखि १२ सम्मका १० जना छात्रछात्राले भाग लिएको प्रतियोगितामा कक्षा १० की छात्रा सुष्मा भण्डारी प्रथम, कक्षा १० कै सुमन केसी दोस्रो र कक्षा ११ का ललित घर्ती मगरले तेस्रो स्थान हाँसिल गरेका थिए ।

प्रतियोगी मध्य विजेतालाई प्राप्त स्थान अनुसार पुरस्कार र वाँकी सवै प्रतियोगी सहभागीलाई सान्त्वना पुरस्कार वितरण गरिएको थियो । करिव २०० जना विद्यार्थीको उपस्थितीमा सम्पन्न गरिएको प्रतियोगितामा राप्ती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष गेमे खड्का, एनसीडीसी दाङका फिल्ड कोर्डिनेटर धर्म यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रमको सञ्चालन शिक्षक मोहन पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे