तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डाेजर चलायाे



तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डाेजर चलायाे

दाङ २१ मंसिर । दाङको तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाइएका फुटपाथका संरचना भत्काउन शुरु गरिएको छ । तुलसीपुरको (ग) लाइन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना तुलसीपुर उपमहानगरपालिकाले आज बिहीवारदेखि भत्काउन शुरु गरिएको हो ।

बजार क्षेत्रको नालामाथि घरधनी तथा व्यापारीले आफ्नो सहजताका लागि भर्‍याङलगायतका संरचना बनाएकाले ती संरचना हटाउन थालिएको उपमहानगरकाे भवन शाखाका इन्जिनियर श्रीनारायण चौधरीले जानकारी दिएका छन् । चौधरीका अनुसार तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाइएका फुटपाथको संरचना एक हप्ता भित्र भत्काइनेछ । फुटपाथमा संरचना बनाएर सामान राख्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे