आज दशैँकाे नवौं दिन, राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा



आज दशैँकाे नवौं दिन, राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाण्डाै ६ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले दशैँकाे महानवमीकाे अवसरमा आज साेमवार नवदुर्गाको अवतारस्वरूप नवकन्याको पूजा–अर्चना गरेका छन् । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे । दशैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे