दोलखाको ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते



दोलखाको ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते

काठमाण्डाै ७ कार्तिक । दोलखाको बिगु गाउँपालिका–२ ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना हुँदा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमायी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये एक जना सिंगटीमा उपचारपछि डिस्चार्ज भएका र अरु ५ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिनुभयो ।

जीप कच्ची बाटोमा घुम्ती काट्ने क्रममा हिजो बेलुका दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे