थारु समूदायले आजै मनाए दसैं



थारु समूदायले आजै मनाए दसैं

दाङ ६ कार्तिक । दाङका थारु समूदायले यसवर्षको बडादसैं हर्षोउल्लासका साथ मनाएका छन् ।बडादसैंको अघिल्नो दिन थारु समूदायले दसैं मनाउने चलन अनुसार दाङका थारुहरुले टिका र जमरा लगाएर मान्यजनबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिएर मनाएका छन् ।

थारु समूदायले सोमबार बिहानैदेखि पुजाआजा गर्ने र समुदायको अगुवा बडघर महतवाका घरमा जम्मा भइ नाँच गान गर्दै बेलुकीपख टिका र जमरा लाएर दसैं मनाउने गर्दछन् । यसै बीच लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरस्थित निजी निवासमा आफ्नी आमा र दाइबाट टिका ग्रहण गरे भने त्यहाँ जम्मा भएका थारुसमूदायका युवा युवतीहरुलाई पनि टिका लगाइदिएका छन् । देश सञ्चारबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे