भालुवाङ र पाखापानीबाट २ जना सहयोगापेक्षी सडक मानवकाे उद्वार



भालुवाङ र पाखापानीबाट २ जना सहयोगापेक्षी सडक मानवकाे उद्वार

भालुवाङ ५ कार्तिक । राप्ती गाउँपालिकाको भालुवाङ र पाखापानीबाट २ जना सहयोगापेक्षी सडक मानवहरूकाे उद्वार गरिएको छ।

भालुवाङ र पाखापानीबाट १/१ जना पुरूष मानवको उद्वार गरिएको निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का र आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेको पहल तथा समन्वयमा  उनीहरूलाई उद्वार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका -८ पिपरीमा राखिएको छ।

काेही पनि मानिसहरू खाना,छाना र नाना बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले देउखुरी क्षेत्र लाई सहयोगापेक्षी सडक मानव मुक्त घाेषणा गर्ने गरि मानव उद्वारकाे अभियान सञ्चालन गरिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले बताए ।

उक्त उद्वार कार्यमा आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरी सँगै हिकाे संस्थाका एम्बुलेन्स चालक सुवास चाैधरीकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे