दाङको देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्ने तयारी



दाङको देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्ने तयारी

भालुवाङ १ कार्तिक । दाङको देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्नका लागि देउखुरी क्षेत्रका चार स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु बीच मंगलबार लमहीमा छलफल भएको छ।

पछिल्लो समय सडक मानवहरुकाे संख्यामा वृद्धि हुन थालेपछि उनीहरूकाे उद्वार र संरक्षणका लागि कसरी सहकार्य ,समन्वय गर्ने र देउखुरी क्षेत्रलाई नै सडक मानव मुक्त घाेषणा गर्ने भन्ने बिषयमा छलफल भएको हाे। त्यस्तै छलफलले यस क्षेत्रमा देखिएका सडक मानवहरुकाे राप्ती गाउँपालिका वडा नं.८ पिपरीमा रहेको निलसागर सेवा आश्रम सँग समन्वय गरि तत्काल उद्वार गर्ने निर्णय गरेको छ।त्यसका लागि सम्बन्धीत स्थानीय तहले आवश्यक समन्वय र सहयोग गर्ने बताइएको छ भने दिर्घकालिन रुपमा उनीहरूको संरक्षण गर्न आवश्यक छलफल गरि ठाेस निर्णयका साथ सहकार्य गर्ने बताइएको छ।त्यस्तै उहाँहरु बीच साझा कार्यका लागि सदैब छलफल र सहकार्य गरि अघि पढ्ने निर्णय भएको छ।

छलफल कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश संसद इन्द्रजित थारु, लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरी,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण पाेख्रेल,राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी ,लमही नगरपालिकाकी उप प्रमुख लक्ष्मी याेगी ,वडा नं.५ का वडा अध्यक्ष ओम प्रकाश सुवेदी ,राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,लमही नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ ,गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर राज शर्मा ,राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वस विक,इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रमुख उज्ज्वल बहादुर सिह,वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक विष्णु बहादुर केसी ,निलसागर सेवा आश्रम पिपरीका कार्यवाहक अध्यक्ष गरिबु थारु लगायतकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे