राप्ती नदीमा एक वृद्धको शव फेला



राप्ती नदीमा एक वृद्धको शव फेला

भालुवाङ १२ असोज । दाङको देउखुरी स्थित राप्ती नदीमा एक वृद्धको शव फेला परेको छ ।

प्युठान नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ६३ को भोजराज पौडेलको शव शुक्रवार दिउँसो करिव ३ः ३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीया स्थित झुलुङ्गे पुल नजिक राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घरबाट ३÷४ दिन देखि हराइरहेका पौडेलको शव नेपाल प्रहरी र ससत्र प्रहरीले फेला पारेको हो ।

माछा मार्न राप्ती नदीमा बगेर वेपत्ता भएका एक युवकको खोजी गर्ने क्रममा पौडेलको शवलाई प्रहरीले फेला पारेको हो । मृतक पौडेलको शवलाई परिवारको जिम्मा लगाएर पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे