देउखुरी स्थित राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता



देउखुरी स्थित राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता

भालुवाङ १२ असोज । दाङको देउखुरी स्थित राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता भएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी ३७ वर्षिय रामचरण चाैधरी शुक्रबार दिउँसो करिव २ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित लामो झुलुङ्गेपुल देखि ५/७ सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर वेपत्ता भएको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् ।

ससत्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङका प्रहरी निरिक्षक देवेन्द्र बुढाथोकी र प्रहरी चाैकी मसुरीयाका प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीको नेतृत्वमा बगेर वेपत्ता भएका चाैधरीको खोजी कार्य जारी रहेको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे