अर्थ मन्त्रालयले दियो राउटेलाई दशैं खर्च वाफत नगद २५ हजार रूपैयाँ



अर्थ मन्त्रालयले दियो राउटेलाई दशैं खर्च वाफत नगद २५ हजार रूपैयाँ

भालुवाङ ९ असोज । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । मंगलबार मन्त्रालयमा दशै खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराईएको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार रुपैँया उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो । उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए ।

उनीहरु प्रत्येक बर्ष तिज, दशै तथा तिहारमा सरकारसंग माग गर्ने गरेका छन् । केही देखी उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशै खर्च माग्दै आएका छन् । त्यस असरमा मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे