नमुना सहकारीको अध्यक्षमा पुन प्रेमबहादुर केसी सर्वसम्मत चयन



नमुना सहकारीको अध्यक्षमा पुन प्रेमबहादुर केसी सर्वसम्मत चयन

सिसहनियाँ ६ असोज । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा नमुना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन प्रेमबहादुर केसी सर्वसम्मत चयन भएका छन् ।

सहकारी संस्थाको शनिबार कालापानी स्थित खाैराहाबाबामा आयोजित पाँचौ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट केसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नव गठित संस्थाको उपाध्यक्षमा गोविन्द बहादुर कुवर क्षेत्री, सचिवमा गिरबहादुर केसी, कोषाध्यक्षमा शान्ता सुवेदी रहेका छन् । त्यसै गरि सदस्यहरूमा नरबहादुर केसी, गिता शर्मा, शान्ता केसी, लोकराज रिजाल, रूद्रमणी शर्मा रहेका छन् । त्यसै गरि रामलाल पाण्डेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । सदस्यहरूमा अर्जुन कुमार क्षेत्री र लक्ष्मी पोख्रेल रहेका छन् ।

संस्थाका अध्यक्ष प्रेमबहादुर केसीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन संस्थाका व्यवस्थापक गंगा केसी र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष शान्ता सुवेदीले प्रस्तुत गरेका थिए । सो अवसरमा शंकर माध्यमिक विद्यालय पिपरीका प्रधानाध्यापक सुवर्णमान चाैधरी, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख जीवन केसी, संस्थाका सल्लाहकार पुर्णबहादर केसी र लेखा समिति संयोजक रामलाल पाण्डे लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसै बीच कार्यक्रममा संस्थाले असल बचत कर्ताको रूपमा कर्णबहादुर मल्ल र असल ऋणीको रूपमा मंगलप्रसाद चाैधरीलाई सम्मान गरेको छ । संस्थाका उपाध्यक्ष गोविन्द बहादुर कुवर क्षेत्रीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक गंगा केसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे