लुम्बिनीका मुख्यमन्त्री चौधरीसँग राउटेले मागे दुई लाख दशैं खर्च



लुम्बिनीका मुख्यमन्त्री चौधरीसँग राउटेले मागे दुई लाख दशैं खर्च

भालुवाङ ४ असोज । फिरन्ते जीवन बिताउने राउटेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संग दुई लाख दशैं खर्च मागेका छन् । आज बिहीवार मुख्यमन्त्री कार्यालयमा पुगेका राउटे मुखिया बिर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गर्दै आफ्नो समुदायका लागि दुई दशैं खर्च दिन आग्रह गरेका हुन् ।

उनले दशैंमा खसी बली दिनुपर्ने भएकाले आफ्नो समुदायका लागि दुई लाख दशैं खर्च दिन आग्रह गर्नुभयो । ‘दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि दिनुपर्छ, खसी खानु पर्छ, सरकारले पैसा दिनु पर्‍यो’ मुख्यमन्त्री समक्ष शाहीले भने, ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्‍यो । हामीले लगेर सबै जनतालाई बाड्छौं ।’ उहाँले आफूहरु अहिले दैलेखमा बसिरहेको र दशै खर्चका लागि दाङ आएको बताए ।

यता मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशै खर्चका लागि आबश्यक व्यवस्था गरिने बताए । उनले राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने प्रदेश सरकारले सहयोग गर्छ,’ २/३ दिनमा सरकारको केही सहयोग गर्ने मुख्यमन्त्री चौधरीले आवश्वासन दिए। राउटे शाही टोलीले मुख्यमन्त्री चौधरीसँगै अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालसँग पनि भेटेका थिए ।

राउटेहरु असोज ३ गत राती राजधानीस्थल देउखुरी आएका थिए । सार्वजनिक बिदा र मुख्यमन्त्रीको कार्यबेस्ताले आज बल्ल मुख्यमन्त्री संग भेट भएको राउटे मुखीया शाहीले भने । राजधानीस्थल बसाईका क्रममा राप्ती गाउँपालिका वार्ड नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले खाना र बास बस्ने व्यवस्था मिलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे