दाङका दुई वटा कारागारबाट २२ जना कैदी रिहा



दाङका दुई वटा कारागारबाट २२ जना कैदी रिहा

दाङ ३ असोज । दाङका दुईवटा कारागारबाट हत्या अभियोगमा दोषी ठहर भइ जन्मकैदकाे सजाय पाएका रिगल सहित २२ जना कैदी छुटेका छन् ।

संविधान दिवसको अवसर पारेर तुलसीपुर कारागारबाट १४ र घोराही कारागारबाट ८ जना कैदीको बाँकी कैद मिनाहा गर्नेगरी छोडिएको हो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो । रिहा हुनेमा हत्या अभियोगमा दोषी ठहर भइ आजीवन कारबासको सजाय पाएका नेपालगञ्ज उपमहानगरपालिका–४ निबासी  रिगल ढकाल छन् । रिगल जेलमुक्त भएपछि उनका समर्थकले स्वागत गरेका थिए । दाङको घोराहीस्थित जिल्ला कारगारमा रहेका उनलाई समर्थकहरूले स्कर्टिङ गरी नेपालगञ्ज पु¥याएका थिए । उनलाई तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

रिगल २०७२ साल असार २८ बाँकेको नेपालगञ्जमा दिउँसै खुडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगलले सो दिन बाँकेको नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरलाइ लखेटी लखेटी  खुडा प्रहार गरेका थिए । मानन्धरको उपचारका क्रममा निधन भएपछि रिगल फरार भएका थिए । रिगलले घटनाको एक वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका थिए । रिगललाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रिगल नेपालगञ्जमा गुण्डागर्दीमा संलग्न थिए । रिगल तरुण दल बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिसमेत थिए ।

त्यसैगरी कर्तव्य ज्यानका मुद्दामा बुटवल उपमहानगरपालिका–१३ निवासी बाबुलाल स्याङताङ, सल्यानको सिंद्धकुमाख गाउँपालिका–१ निवासी केसर सिंह बुढाथोकी, घोराही उपमहानगरपालिका– ८ निवासी, लालसरी बुढामगर, घोराही उपमहानगरपालिका–३ निवासी प्रकाश नेपाली, तुलसीपुर उपमहानगरपालिका–११ निवासी दिपक चौधरी,घोराही उपमहानगरपालिका–१४ निवासी रामबहादुर चौधरी,  रुकुमको भूमे गाउँपालिका–४ निवासी विकेश बुढामगर, आठविसकोट नगरपालिका–१४ निवासी मनविर कामी रहेको तुलसीपुर कारागार शाखा प्रमुख चिन्तमणी रेग्मीले जानकारी दिनुभयो ।  त्यसैगरी सवारी ज्यानका ५ जना, वहुविवाह १ जना, खोटाचलन १ जना, डाँका चोरी १ जना, हातहतियार खरखजना १ जना, नकवजनी ४ जना कैदीहरु छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे