लुम्बिनी प्रदेश सरकारले भोली प्रभातफेरी र औपचारिक कार्यक्रम गरि संविधान दिवस मनाउने



लुम्बिनी प्रदेश सरकारले भोली प्रभातफेरी र औपचारिक कार्यक्रम गरि संविधान दिवस मनाउने

भालुवाङ २ असोज । लुम्बिनी प्रदेश सरकारले भोली प्रभातफेरी र औपचारिक कार्यक्रम गरि संविधान दिवस मनाउने भएको छ ।

दिवसका अवसरमा विहान ७ : ३० बजे प्रदेश राजधानी चोक देखि कार्यक्रम स्थल सम्म प्रभातफेरी निकाल्ने र ८ बजे देखि औपचारिक समारोहको आयोजना गरिएको गृह मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिएका छन् । कार्यक्रममा यस अघि प्रदान गर्ने भनिएको पदक घोषणा कार्यक्रम तत्कालका लागि स्थगित गरिएको सचिव कवारीले जानकारी दिएका छन् ।

यसै बीच नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले पनि भोली संविधान दिवस मनाउन लागेको छ । विहान ११ बजे राप्ती गाउँपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाउन लागेको नेकपा एमाले राप्ती गाउँपालिका कमिटिका सचिव भरतमणी न्यौपानेले जानकारी दिएका छन् । सो कार्यक्रमलाई समबोधन गर्न नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवाली र लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी आउन लागेको सचिव न्यौपानेले जानकारी दिएका छन् ।

नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रम सहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको थियो । गत भदौ १७ गते सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको थियो । सो निर्णय बमोजिम कार्यक्रम गर्न लागिएको बताइएको छ । नेपालको संविधान २०७२ असोज ३ गते जारि भएको थियो । संविधान दिवसका अवसरमा सरकारले भोली १ दिनका लागि सार्वजनिक बिदा समेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे