थारु पहिचानका लागि युवापुस्ताले ध्यान दिन जरुरी छ : अध्यक्ष विष्ट



थारु पहिचानका लागि युवापुस्ताले ध्यान दिन जरुरी छ : अध्यक्ष विष्ट

भालुवाङ ५ भदौ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले थारु जातिको पहिचानका लागि युवापुस्ताले ध्यान दिन जरुरी रहेको बताएका छन् ।थारु जातिको पर्व गुरहीका अवसरमा सोमवार बि.एस.आर.थारु फुड ल्याण्ड एण्ड लजको मुख्य आयोजना तथा देउखुरी मोटर पाटर्स, नम्रता स्वास्थ्य क्लिनीक तथा औषधी पसल र नम्रता हार्डवेयर पिपरीको सह आयोजनामा थारु जातिको परम्परागत मौलिक संस्कृति जगेर्ना गर्ने उदेश्यले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी स्थित शंकर माध्यमिक विद्यालयमा आयोजित गुरही पर्व विशेष कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् ।अध्यक्ष विष्टले थारु जातिका नयाँ पुस्ताले आफ्नो पोशाक, संस्कार र संस्कृति भुल्न थालेकोमा चिन्ता प्रकट गर्दै उनले थारु जातिका युवा पुस्ताहरुलाई दैनिक थारु पोशाक नलगाए पनि चार्डपर्वका बेला आफ्नो जाति विशेष पोशाक लगाउन र थारु संस्कार, संस्कृति तथा भेषभुसा संरक्षण गर्न सुझाव दिएका थिए ।
पिपरी बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा सामाजिक विकास मन्त्रालयका उपसचिव मनोज गैरेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका कार्यपालिका सदस्य राजेन्द्र पुजाली, गाउँ अगुवा पुरन चौधरी, समाजसेवी तथा बुद्धिजिवी गणेश चौधरी, शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चौधरी, प्रअ सुवर्णमान चौधरी, पत्रकार ओमप्रकाश गुप्ता, राप्ती गाउँपालिकाका प्रेस परामर्शदाता तुलबहादुर कवर मगर लगायत अग्रज व्यक्तिहरको विशेष उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन बि.एस.आर.थारु फुड ल्याण्ड एण्ड लजका सञ्चालक विनोद चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे