हाप्किडो मार्शल आर्ट क्लबद्वारा सिसहनियाँ बजार सरसफाई



हाप्किडो मार्शल आर्ट क्लबद्वारा सिसहनियाँ बजार सरसफाई

सिसहनियाँ ३२ साउन । हाप्किडो मार्शल आर्ट क्लबले बिहीबार सिसहनियाँ बजार सरसफाई गरेको छ ।

क्लवमा आवद्व पदाधिकारी तथा सदस्य र सर्वोदय मावि सिसहनियाँमा अध्ययनरत विद्यार्थीको उपस्थितिमा बजार सरसफाई गरिएको क्लवका अध्यक्ष रामकृष्ण डाँगीले जानकारी दिएका छन् ।

पछिल्लो समय सरसफाईको कमी तथा अत्यधिक फोहोरका बजार क्षेत्र दुर्गन्धित बढ्न थालेको र डेंगी रोगबाट बच्न र बचाउन क्लवले सरसफाई गरेको क्लवका अध्यक्ष डाँगीले जानकारी दिएका छन् । सिसहनियाँ बजार क्षेत्र पुरै र सार्वजनिक स्थलको समेत सरसफाई गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे