माओवादीले ताेक्याे जिल्ला कमाण्डर : दाङमा जयपुरी र आचार्यलाई प्युठानकाे जिम्मा



माओवादीले ताेक्याे जिल्ला कमाण्डर : दाङमा जयपुरी र आचार्यलाई प्युठानकाे जिम्मा

भालुवाङ ३२ साउन । नेकपा माओवादी केन्द्रले घोषणा गरेको ‘जनता सँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई कार्यान्वयनमा लैजान लुम्बिनी प्रदेशको बैठक सम्पन्न भएको छ ।

प्रदेश राजधानी राप्ती उपत्यकामा साउन ३० र ३१ गते बसेको माओवादी केन्द्रको प्रदेश समितिको चौथो बैठकले अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्घेश्य तय गरी कार्यविधि निश्चित गरेको छ । प्रदेश अध्यक्ष सुर्दशन बरालको अध्यक्षता र केन्द्रीय सचिव तथम प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेको लुम्बिनी प्रदेश बैठकले १२ जिल्लाका १०९ पालिकाहरुमा पार्टी संगठन सुदृढ गर्ने, ९ सउफ८३ वडाहरुमा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, हजारौ पार्टी सदस्यहरुलाई परिचालन गर्ने र लाखौ जनतामा पुग्ने योजना सहित अभियानलाई तीन चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

पहिलो चरणमा आन्तरिक तयारीलाई भाद्र १–१५ भित्र सम्पन्न गर्ने । दोश्रो उद्घाटन र वामअफलाई भाद्र १६–२५ भित्र सम्पन्न गर्ने । तेश्रो निरन्तरता र उत्कर्षलाई भाद्र २६ देखि मंसिर १५ मा सम्पन्न गर्ने गरी प्रदेशले तयारी योजना बनाएको छ । अभियानमा प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु आफनो जिल्लाबाट अर्को जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने छन भने प्रदेश सदस्यहरुले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने छन । अभियानमा पार्टीका सबै संरचनाहरुलाई परिचालन गरी ‘घर,घरमा माओवादी जन,जनमा माओवादी’को नारालाई सार्थक बनाइने दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले बताए ।

नेताहरु फेरबदल भए अनुसार दाङमा स्थायी समिति सदस्य जयपुरी घर्तीले अभियानको संयोजन गर्नु हुनेछ भने केन्द्रीय सदस्य निर्मल आचार्य प्युठानमा गएर अभियानको संमायोजन गर्ने छन्। बैठकलाई पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले सम्बोधन गदैं पार्टी संगठनलाई बलियो बनाउँदै जनताको दैनिक समस्यासँग नजिक हुन कार्यकर्तालाई दिशानिर्देश गरेका थिए । बैठकमा १२ जिल्लाका अध्यक्षहरुले राय,सुझावहरु राख्दै रिपोटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे