लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पहिलो पटक बि.आइ.टी र बि.बि.ए विषयकाे पढाई हुने



लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पहिलो पटक बि.आइ.टी र बि.बि.ए विषयकाे पढाई हुने

भालुवाङ १ भदौ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा पहिलो पटक स्नातक तहमा सुचना प्रविधि (बि.आइ.टी) विषय र स्नातक तहमा वाणिज्य प्रशासन(बि.बि.ए) विषय पढाई सुरु हुने भएको छ ।

पूर्वाञ्चल युनिभर्सिटी मान्यता प्राप्त सामुदायिक क्याम्पस लमही कम्युनिटी इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी गढवा गाउँपालिका वडा नम्बर ३ गोवरडिहामा चार वर्षे स्नातक तह बि.आइ.टी र बि.बि.ए पढाई हुने तयारीमा रहेको छ । अरु प्राइभेट क्याम्पसको तुलनामा धेरै सस्तो रहेको सञ्चालक समितिका सदस्य प्रशान्त बसेलले जानकारी दिएका छन् ।

सो क्याम्पसमा अभ्यास ल्याब, लाइबब्रेरीको व्यवस्था, स्कलरसिपको सुविधा हुनुका साथै दक्ष तथा अनुभवी शिक्षकहरुबाट शिक्षण सिकाई हुने समितिका सदस्य बसेलले जानकारी दिएका छन् । सो क्याम्पसमा बि.आइ.टी तर्फ ४८ जना र बि.बि.ए तर्फ ४२ जनाको सिट संख्या रहेको सञ्चालक समितिका सदस्य बसेलले बताएका छन् । पढाई सञ्चालनका लागि भर्ना खुल्ला रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे