प्रहरी बनाईदिन्छु भनि रकम असुली गर्ने एक व्यक्त्ति पक्राउ



प्रहरी बनाईदिन्छु भनि रकम असुली गर्ने एक व्यक्त्ति पक्राउ
भालुवाङ ३२ साउन । दाङकाे लमही वडा नम्बर ७ कमानपुर निवासी एक युवतीलाई नेपाल प्रहरीमा जागिर लगाईदिन्छु भनि रकम असुली गर्ने एक व्यक्त्ति पक्राउ परेका छन् ।
पाल्पा जिल्लाकाे तानशेन नगरपालिका वडा नम्बर ८ स्थायी घर भई हाल काठमाण्डौमा बसोबास गर्ने बर्ष ५८ का नरेश गौतमले ती युवतीबाट २ लाख रुपैया ठगि गरि फरार रहेका थिए । ठगी गर्ने गौतमलाई प्रहरीले सम्मानित दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरि खोजतलास गर्ने क्रममा साउन २९ गते काठमाण्डौबाट पक्राउ गरेकाे थियाे ।
पक्राउ परेका गौतमलाई  वडा प्रहरी कार्यालय लमही मार्फत  बुधवार सम्मानित दाङ जिल्ला अदालतबाट ठगि मुद्दामा म्याद लिई अनुसन्धान गरिरहेका वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएकाे छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे