घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका युवक प्रहरीको फन्दामा



घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका युवक प्रहरीको फन्दामा

दाङ ३२ साउन । दाङकाे तुलसीपुरमा महिलाको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सल्यानको कुमाख गाउँपालिका–३ रागेचौरकी ५१ वर्षीया निर्मला खत्रीको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका तुलसीपुर उपमहानगरपालिका–१० बिजौरीका १८ वर्षीय नविन सुनार बिहीबार बेलुकी पक्राउ परेका हुन् ।

तिलहरी लुटेर युवक भाग्दै गरेको हल्ला भएपछि तुलसीपुर बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यसहित टोली गएर बेलुकी सुनारलाई नियन्त्रणमा लिएको हो । तुलसीपुर बसपार्कस्थित छोरा बुहारीलाई भेट्न भनेर सल्यानबाट आएकी थिइन् खत्रीको घाँटीमा रहेको तिलहरी लुटेर भागेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे