दाङमा चेक अनादर मुद्दामा फरार रहेका खड्का पक्राउ



दाङमा चेक अनादर मुद्दामा फरार रहेका खड्का पक्राउ

दाङ २८ साउन । दाङमा चेक अनादर मुद्दामा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन् । आइतबार घोराही उपमहानगरपालिका वडा नम्बर १६ निवासी २१ वर्षिय विरेन्द्र खड्कालाई घोराही-१४ को गोर्खा हस्पीटल नजिकै हिडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए ।

खड्कालाई २०७९ साल असार ३० गते दाङ देउखुरी जिल्ला अदालतले चेक अनादर मुद्दामा दुई वर्ष जेल सजाय फैसला सुनाएको थियो। उनलाई पक्राउ गरी दाङ जिल्ला अदालतमा आजै बुझाइएको डिएसपी गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे