पत्रे खोलामा बगेर बेपत्ता भएका विक मृत भेटिए



पत्रे खोलामा बगेर बेपत्ता भएका विक मृत भेटिए

दाङ २८ साउन । दाङमा खाेलामा बगेर बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।  पत्रे खोलामा बगेर बेपत्ता भएका  घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षका तिलकराम बिक हापुर खोलामा मृत भेटिएको प्रहरीले बताएको छ । शौच गर्न गएका बिक बिहान साढे आठ बजे पत्रे खोलामा बगेर बेपत्ता भएका थिए ।

खबर पाएलगत्तै खोजतलासमा जुटेको प्रहरीले दिउसो २ः३५ बजे घोराही उपमहानगरपालिका–९ हापुर खोलाको किनारमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन गौमले जानकारी दिए। बिकको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक मिरा खडकाको कमान्डमा बिजौरी, बेलझुण्डीबाट समेत गरेर १७ जनाको प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे