लुम्बिनी प्रदेशसभाकाे सचिवमा पुन: दोस्रो पटक दुर्लभकुमार पुन नियुक्त



लुम्बिनी प्रदेशसभाकाे सचिवमा पुन: दोस्रो पटक दुर्लभकुमार पुन नियुक्त

भालुवाङ २८ साउन । लुम्बिनी प्रदेशसभाको सचिवमा दुर्लभकुमार पुन दोस्रो पटक पनि लुम्बिनी प्रदेश सभाको सचिवमा नियुक्त भएका छन् ।  सभामुख तुलाराम घर्ती  मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज पुनलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन्। यस अघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन् । उनी नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीति शास्त्रमा पनि स्नातकोत्तर उर्तिण गरेका छन् । उनीले ६ वर्ष कानुन व्यवसायमा सगैँ केहि समय पत्रकारिताको पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे