देशभर बदली भएर केही ठाउँमा मुसलधारे पानी पर्दै, सतर्कता अपनाउन आग्रह



देशभर बदली भएर केही ठाउँमा मुसलधारे पानी पर्दै, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ २७ साउन । अहिले देशको सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा मुसलधारे वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।पछिल्लो तीन घण्टामा सुनसरी, सिन्धुली, बर्दिया लगायतका जिल्लाका केही ठाउँमा अत्याधिक ठूलो पानी परेको छ ।

ती क्षेत्रका नदी तथा खोलाहरुमा बाढी आउन सक्ने भन्दै बाढी सूचना केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको छ । आज राति पनि देशभर बदली रहेर कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले देशभर बदली भएर धेरै ठाउामा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आउँदो तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । मौसम पूर्वानुमान् महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी/पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे