वन महासंघ राप्तीको कार्यालय मसुरियामा उद्घाटन



वन महासंघ राप्तीको कार्यालय मसुरियामा उद्घाटन

भालुवाङ १७ साउन । स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ राप्तीको कार्यालय उद्घाटन गरिएको छ । महासंघले आज मंगलबार एक कार्यक्रमको आयोजना गरी घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको भवन मसुरियामा महासंघको कार्यालय स्थापना गरि उद्घाटन गरेको हो ।

महासंघ राप्तीका अध्यक्ष दलबहादुर घर्तीमगरको अध्यक्षता एवम् महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा कार्यालय उद्घाटन संगै हालै जिल्ला र स्थानीय वन महासंघको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी भुसालले कार्यालयको ब्यानर पढेर उद्धाटन गरेका थिए ।

स्थानीय वन महासंघ गढवाका अध्यक्ष नबराज शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका—३, नम्बर वडा अध्यक्ष उमेश अधिकारी, वन महासंघका पूर्व केन्द्रिय सदस्य डिलाराम पौडेल, सब डिभिजन वन कार्यालय राप्तीका प्रमुख, बिनोद शाह स्थानीय वन महासंघ लमहीका अध्यक्ष पूणर्बहादुर बस्नेत र ऐरावती आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितीका अध्यक्ष केशबराज खनालले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा श्रीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष तुला गिरी, राप्ती रामजहदी सामुदायिक वन समूहका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, करम्दी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यमबहादुर रोका र कालापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छबिलाल चौधरी लगायतका वक्ताले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वन महासंघ राप्तीका न्यायिक समिती संयोजक हुमप्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे