मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, २ मन्त्रीले लिए शपथ



मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, २ मन्त्रीले लिए शपथ

काठमाण्डाै १५ साउन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रदेशका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले आज साेमवार पाँचाैँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका मोहमद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंह नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आजै पद तथा गोपनीयताको शपथ गराए । यो सँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । जसपाबाट विना विभागीय मन्त्री सुरिता साह यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे