देउखुरी लघुवित्त कर्मचारी मञ्चद्वारा वृक्षारोपण



देउखुरी लघुवित्त कर्मचारी मञ्चद्वारा वृक्षारोपण

भालुवाङ १३ साउन । देउखुरी लघुवित्त कर्मचारी मञ्चले सितगंगा नगरपालिका -८ सातमारा स्थित जडिबुटी पार्कमा वृक्षारोपण गरेको छ ।

मञ्चका अध्यक्ष तथा नेशनल लघुवित्त बित्तीय संस्था लिमिटेड जलुकेका शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा जाबुने ुुपानी सामुदायिक वनका अध्यक्ष प्रेम खनालको प्रमुख आथित्यता र वन कार्यालयका कर्मचारी मिलन खनालकाे विशिष्ट आतिथ्यतामा ३० जना मञ्चका सदस्यहरूको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

जडिबुटी पार्कमा दालचिनी, अमला, टिमुर, हरोबरो, श्रीखण्ड, धुपि र विभिन्न प्रजातिका फुल गरि ७० वटा बिरुवाहरु रोपिएको थियो । मञ्चले देउखुरी क्षेत्रमा हरेक महिना विभिन्न कार्यक्रम गर्दै आइरहेकोमा यस महिना बृक्षारोपण कार्यक्रम गरेको मञ्चका अध्यक्ष केशबराज पोख्रेलले जानकारी दिएका छन् ।

जाबुने पानी सामुदायिक वनको समन्वय तथा नेशनल , छिमेक, आत्मनिर्भर, आरम्भचौतारी, स्वभिमान, उपकार, धौलागिरी, लक्ष्मी, सुर्योदयवाेमी, मनकामना स्मार्ट उन्नती सहकार्य, किसान, फरवार्ड, इन्फिनिटि, एन.आइ.सि., गणपति र आशा लघुबित्त बित्तीय सस्थाकाे उपस्थितिमा वृक्षारोपण गरिएको थियो । कार्यक्रमको सहजीकरण मञ्चका सचिब उन्नति सहकार्य लघुबित्तका शाखा प्रमुख सन्तोष पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे