प्रेस चाैतारी दाङले ‘सञ्चार डायरी’ प्रकाशन गर्ने



प्रेस चाैतारी दाङले ‘सञ्चार डायरी’ प्रकाशन गर्ने

दाङ १३ साउन । प्रेस चौतारी नेपाल दाङ शाखाले ‘सञ्चार डायरी’ प्रकाशन गर्ने भएको छ । चौतारी दाङको सनिवार घोराहीमा बसेको बैठकले चौतारीको संक्षिप्त इतिहास झल्कने र सदस्यहरुको विवरण समावेश गर्ने गरेर सञ्चार डायरी प्रकाशन गर्ने निर्णय गरेको हो ।

सञ्चार डायरी प्रकाशनको लागि संगठनका जिल्ला उपाध्यक्ष प्रेमबहादुर राम्जाको संयोजकत्वमा उपाध्यक्ष सुधासुमन ढकाल, सचिव किरण गौतम, कोषाध्यक्ष गोकर्ण पौडेल, सहसचिव एकराज भण्डारी र चन्द्रप्रकाश नेपाली सदस्य रहेको समिति समेत गठन गरिएको छ ।

त्यसै गरेर बैठकले चौतारीको खेलकुद विभाग समेत गठन गरेको छ । कार्य समिति सदस्य कपिलमणि लामिछानेको संयोजकत्वमा भानसिङ चौधरी, शालिक चौधरी, शिवकुमार चौधरी र हरि भण्डारी सदस्य छन् ।

त्यसैगरेर बैठकले चौतारी महिला विभागको आयोजनामा हिन्दु महिलाहरुको पर्व हरितालिक तीजको अवसरमा तीज मिलन कार्यक्रम गर्ने र त्यसको लागि महिला विभाग प्रमुख दिप्तीशिखा चौधरीलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरेर चौतारीका कोषाध्यक्ष गोकर्ण पौडेलले प्रस्तुत गरेको चौतारीको बैशाख १८ मा सम्पन्न भएको साधरणसभाको आय–व्यय अनुमोदन गरेको छ । बैठकले चौतारी दाङका पुर्व इन्चार्ज गणेश आचार्यलाई विदाई र नयाँ इन्चार्ज अमृत गिरीलाई स्वागत समेत गरेको छ ।

बैठकमा पत्रकार महासंघ दाङ शाखाले केन्द्रीय मापदण्ड अनरुप गरेको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता वितरणमा छलफल गर्दै मापदण्डको अक्षररस कार्यान्वयनको माग गरेको छ ।

चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको बैठकमा संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशनले संगठनलाई थप प्रभावकारी बनाउन योजना बनाएर कार्यान्वय गर्न निर्देशन दिए ।

बैठकमा संगठनका पुर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारी, संगठनका लुम्बिनी प्रदेश सहइन्चार्ज टीका बस्नेत, जिल्ला इन्चार्ज अमृत गिरी, केन्द्रीय सदस्य गणेश आचार्य, सन्तोषकुमार गुप्ता, नेकपा एमाले दाङ प्रेस चौतारी विभाग प्रमुख संगीत बस्याल, प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटि उपाध्यक्ष दशरथ घिमिरे, कोषाध्यक्ष ओपेन्द्र बस्नेत, चौतारी दाङका पुर्व अध्यक्ष तथा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गाालाल केसी, संगठनका लुम्बिनी प्रदेश कमिटी सदस्यहरु छवि पुरी, ओमप्रकाश गुप्ता  र चौतारी दाङका तालिम प्रतिष्ठान विभाग प्रमुख सुदर्शन रिजाल लगायतले सुझाव राखेका थिए । उपाध्यक्ष सुधासुमन ढकालले धन्यवाद ज्ञापन गरेको बैठकको सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे