लमही-घोराही सडक खण्डको मसोट उकालोमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते



लमही-घोराही सडक खण्डको मसोट उकालोमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते

दाङ १३ साउन । दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते भएका छन् ।

जिल्लाकाे कृष्णसेन ईच्छुक मार्ग अन्तरगत लमही- घाेराही सडक खण्डकाे मसोट उकालोमा शनिबार मध्यान्ह करिव १२ बजे तिर ना ४ ख ८४८७ नम्बरकाे ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाईते भएका हुन् ।

घाेराही उपमहानगरपालिका वडा नम्बर ३ काे भैंसी बगाउने खाेला नजिक घाेराही तर्फ जाँदै गरेकाे ट्रक उकालाेमा टायर पन्चर भई राेक्ने क्रममा ब्रेक नलागेपछि सडकबाट ५० मिटर तल खाेल्सामा खसेकाे छ ।

ट्रकका चालक र सहचालक हाम फालेर बच्न सफल भएपनि ट्रकमा सवार करिव १५-१६ वर्षका दुई किशाेरीहरु घाईते भएका छन् । घाइते हुनेहरूमा लमही नगरपालिका २ बस्ने बर्ष १८ की रबिना चौधरी र सोही ठाउँ निवासी बर्ष १६ की करुणा चौधरी रहेका छन् । घाइते दुवैलाई उद्धार गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे