सभामुख घिमिरेद्वारा बजेट विधेयक प्रमाणित



सभामुख घिमिरेद्वारा बजेट विधेयक प्रमाणित

काठमाण्डाै २९ असार । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएकाे आर्थिक वर्ष २०८०/८१ को बजेट सम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनविना पारित गरेको र राष्ट्रिय सभाले सुझावविना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन्। संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने व्यवस्था छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) राष्ट्रिय सभाको हिजोको बैठकले र प्रतिनिधि सभाबाट असार १३ गते पारित भएको थियो ।

सरकारले गएकाे जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक पर्सि आइतवार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे