अस्पताल र मृतक बालकका आफन्त बीचको वार्ता निष्कर्षमा पुग्यो, छानवीन समिती बनाउँदै टुङ्गियो विवाद



अस्पताल र मृतक बालकका आफन्त बीचको वार्ता निष्कर्षमा पुग्यो, छानवीन समिती बनाउँदै टुङ्गियो विवाद

दाङ २९ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएको घटनापछि दुबै पक्ष बिच जारी बार्ता सहमतिमा निष्कर्षमा पुगेको छ ।

शुक्रबार राती बेलुका अबेर सम्म चलेको बार्ता निष्कर्षमा पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार पिडित र अस्पताल पक्ष बिच घटनाको छानबिन गर्ने र घोराही ३ का वडा अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउने सहमती भएको छ ।

त्यस्तै पिडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्बपक्षिय समिती बनाई सहयोग संकलन गर्ने र त्यसका लागि घोराही उपमहानगरपालिकालाई राहत उपलब्ध गराउन अनुरोध गर्ने सहमती भएको छ । यसैगरेर पिडित परिवारका लागि सहयोग गर्न संघ र प्रदेश सरकारका लागि आग्रह गर्ने दुबै पक्ष बिच सहमत बनेको छ । प्रहरीले शैक्षिक योग्यता अनुसार मृतक एकाघरका नजिकका आफन्तलाई रोजगारी दिने पनि सहमती भएको जनाएको छ ।

त्यस्तै अबरुद्ध अस्पतालको सेवा सुचारु गर्ने पनि सहमति भएको छ । साथै बालकको पार्थिब शरिरको आफन्तले बुझीलिइ अन्त्येष्टि गर्ने र मृतकको उपचारको क्रममा लागेको सम्पुर्ण खर्च प्रतीष्ठानले बेहोर्नका लागि कार्यकारी परिषदमा सिफारिस गर्ने सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे