जन्म दिनमा छाेरीलाई आईएमई लाइफकाे बिमालेख उपहार



जन्म दिनमा छाेरीलाई आईएमई लाइफकाे बिमालेख उपहार

भालुवाङ २८ असार । साँझ पखको समय, टेबुलमा केक, मैनबत्ती, मिठाई र फलफूलहरुका साथ बिभिन्न परिकारहरु सजिसजाउ देखिन्थियाे, साथमा आई.एम.ई लाइफकाे बाल उज्वल याेजनाकाे बिमा लेखको फाईल । घरको कोठाभरी नजिकका इष्टमित्र,आफन्त र साथिभाईहरुको बाक्लो उपस्थिति ।

सन्दर्भ हो गढवा गाउँपालिका हाँसिपुर निवासी कमल आचार्य र मुना आचार्य साथै समग्र आचार्य परिवारको जन्मदिन मनाउने फरक शैलीको सोंच कार्यान्वयनको ।
जन्मदिन, वैवाहिक बर्षगाँठ, पास्नी, बिवाह जस्ता अवसर जुटाएर बिमाको महत्व बुझेका परिवारहरु आजभोली रचनात्मक काम गर्न थालेको पाइन्छ ।

यस्तै कामको उदाहरणका पात्र बनेका छन् । गढवा ६ हाँसीपुर निवासी कमल र मुना आचार्यको परिवार । सो परिवारले बुधबार आफ्नो छोरी कायरा आचार्यको पहिलाे जन्म दिन मनाउन नयाँ खालको फरकशैली अपनाएको छ। छोरीको जन्मदिनको अवसर पारेर आफन्तहरु बोलाएर छोरीको नाममा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी संग समन्वय गरि १५ लाखको जिवन बिमाको फाईल तयार गरि जन्मदिनको उपहार दिएका छन् ।

आचार्य परिवारले आफ्नो जिवनमा बिगत देखि भोग्दै आएको आर्थिक संकटहरुलाई मध्यनजर गर्दै बिमाको महत्व बुझेर यसो गरेको कमल आचार्यले बताए । जिवन बिमा भनेको संकटको साथी हो । आफुलाई आर्थिक संकट आइलाग्दा जिवन बिमा भएको मानिसले अरुरको हात थाप्न जानु नपर्ने, छाेरीकाे उच्च शिक्षामा सहजता, राेगकाे रक्षावरण गर्ने भएकोले जन्मदिनमा छोरीको नाममा बिमा पोलीसी बनाएर हस्तान्तरण गरेको कायरा आचार्यको आमा मुना आचार्यले बताइन् ।

दुखी बिरामी पर्दा वा जिवनमा आइलाग्ने आर्थिक मामलाका अप्ठेरा परिस्थितीमा जिवन बिमा निकै उपयोगि हुने ठानेर फरक शैलीमा छोरीको जन्मदिन मनाउने इच्छा गरेका हौं–गढवा ६ हाँसीपुर निवासी कमल आचार्यले भने । जिवनका लक्ष्य प्राप्तीका लागि छोराछोरीहरुलाई आर्थिक संकट नआओस भनेर यस्तो कामको सुरुवात गरेको उनले बताए ।

कमल आचार्य बिगत ६ बर्ष देखि बिमा क्षेत्रमा काम गर्दै आएको छ । साथै अहिले आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भालुवाङ शाखामा शाखा प्रमुखकाे रुपमा कार्यरत छन् । हाल सामाजिक क्षेत्रमा निकै प्रभावीत रहने आचार्य परिवारले चालेको यो कदम सायद गढवा क्षेत्रमा नौलो अभ्यास भएको गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य तथा कायरा आचार्यका माईलाे हजुरबुबा दिनमणी आचार्यले बताए । जिवन बिमा दुखको साथी हो । खाइ नखाई पैसा जम्मा गर्ने बाध्यताको उपज संकटको साहारा बन्छ ।

याे अभ्यासले बिमा हुनेखाने र हुदा खाने सबैका लागि अत्यावश्यक रहेकाे सन्देश दिन सफल भएको र राज्यले प्रतेक नागरिककाे बिमा अनिवार्य हुनुपर्ने प्राबधान भएमा नागरिक र राज्यलाई थप सम्वृद्विको आधार हुने उद्योग वाणिज्य संघ गढवाका निवर्तमान अध्यक्ष रबिलाल आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे