देउखुरीमा गाेरखा स्कुल लमहीले एसईईको उत्कृष्ट नतिजा ल्यायो, ६ जनाकाे ए प्लस



देउखुरीमा गाेरखा स्कुल लमहीले एसईईको उत्कृष्ट नतिजा ल्यायो, ६ जनाकाे ए प्लस

लमही २१ असार । दाङको लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले एसईईको उत्कृष्ट नतिजा ल्याउन सफल भएकाे दावी गरेकाे छ ।  बिहीबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेकाे माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफलमा साे स्कुलले उत्कृष्ट नतिजा सहित शतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको दावी गरेकाे हाे ।

जस अनुसार ६ जनाले ए प्लस ल्याएर देउखुरीकै उत्कृष्ट विद्यालय बनेको छ । विद्यालयमा अध्ययनरत १ सय ३४ जना छात्र छात्रा सबै राम्रो ग्रेडमा उतिर्ण भएको विद्यालयका प्राचार्य लोकमान रिजालले बताए । जसमा ६ जनाले ए प्लस, १७ जनाले ए, ४० जनाले वि प्लस, ३२ जनाले वि, ३४ जनाले सि प्लस र ५ जनाले सि ग्रेड लिएको प्राचार्य रिजालले बताएका छन्। शतप्रतिशत विद्यार्थी उतिर्ण हुनुमा शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको लगानी शुभ चिन्तकहरुको सल्लाह सुझाव, माया हौसलाले गर्दा शिक्षा क्षेत्रमा राम्रो गरिरहेको प्राचार्य रिजालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे