लुम्बिनी प्रदेश स्तरीय दलित महिला संघको अध्यक्षमा निर्मला सुनार सर्वसम्मत चयन



लुम्बिनी प्रदेश स्तरीय दलित महिला संघको अध्यक्षमा निर्मला सुनार सर्वसम्मत चयन

लमही ५ असार । लुम्बिनी प्रदेश स्तरीय दलित महिला संघको अध्यक्षमा बाँकेकी निर्मला सुनार सर्वसम्मत चयन भएकी छिन् ।

दाङको लमहीमा २ दिन सम्म चलेको दलित महिला संघ लुम्बिनी प्रदेश स्तरीय सम्मेलनले सुनारको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । गठित संघको उपाध्यक्षमा गुल्मीकी कमला बराल, सचिवमा दाङकी गंगा विश्वकर्मा, कोषाध्यक्षमा प्युठानकी लक्ष्मी परियार रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा रुपन्देहीकी मनु खड्का, बर्दियाकी कमला रसाइली, अघाँखाँचीकी मिना भुसाल, पुर्वी रुकुमकी दिपिका विक, कपिलवस्तुकी निर्मला नेपाली, रोल्पाकी कमला परियार र दाङकी राधा विक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे