१८ बुँदे घाेषणापत्र जारी गर्दै दलित महिला संघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन लमहीमा सम्पन्न
लमही ५ असार । १८ बुँदे घाेषणापत्र जारी गर्दै दलित महिला संघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन मंगलवार लमहीमा सम्पन्न भएकाे छ ।
न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको अधिकार स्थापित गर्ने उद्देश्यले प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको हो । दुई दिन सम्म चलेको सम्मेलनले १८ बुँदे घाेषणापत्र जारी गरेको छ । अझैं पनि जातका आधारमा, लिंगका आधारमा भेदभाव हुने गरेको भन्दै भेदभाव विरुद्ध बनेका कानूनहरुको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ ।
दलितहरुलाई अधिकार सम्पन्न बनाउन खोजिएपनि अझैं पनि व्यवहारमा लागु हुन नसकेको भन्दै खबरदारी गरिएको छ । जातको आधारमा अझैं दलितहरु बहिस्करणमा पर्नुपरेको भन्दै सरकारी निकायबाटै सशसक्तिकरणको अभियान चलाउनुपर्नेमा जोड दिइएको छ ।
घाेषणापत्रकाे पुर्णपाठ
प्रतिक्रिया दिनुहोस्