खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश, रायमाझीको सांसदपद निलम्बन



खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश, रायमाझीको सांसदपद निलम्बन

काठमाडाैँ १ असार । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् । उक्त आदेशसँगै नेकपा (एमाले)मा निलम्बित सचिवसमेत रहेका टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको अवधिभरका लागि निलम्बनमा रहने व्यवस्था गरेको छ ।

रायमाझीको पद निलम्बनमा परेपनि उनको पद भने गएको छैन । अब अदालतमा हुने बहसपछि अदालतले उनलाई अहिले लागेको अभियोग प्रमाणित भएमा भने उनको पद रिक्त हुनेछ ।

प्रतिनिधिसभाको कार्यकाल एक वर्ष वा सो भन्दा बढी बाँकी रहँदै अदालतको आदेश आएर उनी दोषी ठहर भएमा भने अर्घाखाँचीमा उपचुनाव हुनेछ । अदालतबाट उनले सफाइ पाएको अवस्थामा भने उनको निलम्बन फुकुवा हुनेछ र उनी सांसदका रूपमा काम गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे