विवाह खर्च कटाैती गरेर अधिवक्ता पाैडेल नव दम्पती जोडीले गरे निलसागरलाई आर्थिक सहयोग



विवाह खर्च कटाैती गरेर अधिवक्ता पाैडेल नव दम्पती जोडीले गरे निलसागरलाई आर्थिक सहयोग

भालुवाङ ३१ जेठ । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम लाई अधिवक्ता दामोदर पाैडेलकाे नव दम्पतीले आर्थिक सहयोग गरेका छन् ।

पालिकाकाे वडा नम्बर ८ बिजाैरी निवासी अधिवक्ता दामोदर पाैडेल र उनकी श्रीमती सुष्मा पन्थी पाैडेलकाे नव दम्पती जाेडीले बिवाहमा प्राप्त भएको रकम मध्ये १५ हजार १ सय ५ रुपैयाँ आश्रमलाई सहयोग गरेका हुन् ।

पाैडेल दम्पतीले आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीलाई बुधबार आश्रममै आई साे रकम प्रदान गरेका हुन् । अधिवक्ता पाैडेलले थाेरै भए पनि आश्रममा रहेका असहायहरुको भोजनमा सहयोग हाेस् भन्ने उदेश्यले साे रकम प्रदान गरेकाे बताएका छन् ।

त्यस्तै पाैडेलले असहाय अशक्तहरु लाई सहयोग गर्न पाउदा खुसी समेत लागेको बताए । आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीले गरिब अशक्तहरुलाई सहयोग गरेर पुन्य कर्म गरेकाे भन्दै पाैडेल दम्पतीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अधिवक्ता पाैडेल यसै महिनामा मात्रै गढवा निवासी सुष्मा पन्थी सँग बिवाहा बन्धनमा बाधिएका थिए । पाैडेलले विगतका वर्षहरु देखि नै विभिन्न किसिमका सामाजिक तथा मानवीय सेवा गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे