यसै बर्ष भित्र देशभर सञ्चार सेवाको व्यवस्था गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री शर्मा



यसै बर्ष भित्र देशभर सञ्चार सेवाको व्यवस्था गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री शर्मा

दाङ ३१ जेष्ठ । सुचना तथा सञ्चार प्रबिधि मन्त्री रेखा शर्माले यसै बर्ष भित्र सरकार देशभर सञ्चार सुविधा पुर्‍याउने बताएकी छिन् । नेपाल दुरसञ्चार प्राधिकरण काठमाडौंले आज बुधबार दाङ—देउखुरीको लमहीमा आयोजना गरेको दुरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले सो कुरा बताएकी हुन् ।

उहाँले नेपाल सरकारले २०२३ सम्म देशभर सञ्चार सुविधाको पहुँच पुर्योउने लक्ष्य लिएको,बताउँदै दुरसञ्चार संग सम्बन्धित सम्पूर्ण टेलिकल प्रदायक संस्थाहरूलाई सञ्चार क्षेत्रको पहुँच तत्काल बढाउन सडुल बनाएर काम गर्न निर्देशन दिइन् ।

 

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्री शर्माले सुचना तथा सञ्चार प्रबिधि मन्त्री रेखा शर्माले दाङ एउटा सुगम जिल्ला भएपनि राजपुरको नाका, बंगलाचुली गाउँपालिका, पश्चिम दाङ सञ्चार क्षेत्रबाट बञ्जित रहेको उदाहरण दिंदै उहाँले निधारित समय भित्र लुम्बिनी प्रदेशको सबै जिल्लाको कुनाकाप्चा सम्म सञ्चार सुविधा पुर्योउनु पर्ने बताइन् ।

मन्त्री शर्माले अहिले पनि सुगम जिल्लाका कयौँ हाइवेक्षेत्र समेत नेटवर्क बिहिन भएको बताउँदै हाइवे क्षेत्रमा पहिलो प्राथमिकता राखेर सञ्चार सेवा तत्काल बिस्तार गर्न दुरसञ्चार संग आग्रह गरिन् । उनले टेलिकमको सेवा प्रतिको गुनासो प्रभावकारी बनाउन निर्देशन दिईसकेको छ । अब प्रयोगकर्ताहरुको गुनासो सुन्न सात वटै प्रदेशमा प्रतिस्पर्धा गर्ने गरी गुनासो सुन्ने सिस्टमको विकास गर्न सुझाब समेत दिइन् ।

साथै उहाँले नियमक संस्था दुरसञ्चार प्राधिकरणले सजग, सचेत भएर सेडुल बनाएर काम गर्नुपर्ने अवस्था रहेकोले सोही अनुसार काम गर्न निर्देशन समेत दिए । प्राधिकरणका अध्यक्ष पुर्षोत्तमप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणी शर्मा प्रतिक्षाले शुभकामना मन्तव्य व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे