राप्तीमा लक्ष्य भन्दा बढी बालबालिकाले दादुरा रूवेला विरूद्वको खोप लगाए



राप्तीमा लक्ष्य भन्दा बढी बालबालिकाले दादुरा रूवेला विरूद्वको खोप लगाए

भालुवाङ ३० जेठ । दाङको राप्ती गाउँपालिकामा लक्ष्य भन्दा बढी बालबालिकाले दादुरा रूवेला विरूद्वको खोप लगाएका छन् ।

गत जेठ २५ गते देखि ३० गते सम्म सञ्चालित खोप कार्यक्रममा लक्ष्य भन्दा बढी बालबालिकाले दादुरा रूवेला विरूद्वको खोप लगाएका हुन् । जन्मेको ६ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाईहरूलाई राप्ती गाउँपालिकाको ९ वटै वडाको ४८ वटा खोप केन्द्रबाट १३ हजार ८ सय ९० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा १४ हजार ५ सय १२ जना बालबालिकाले दादुरा रूवेला विरूद्वको खोप लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

जस अनुसार वडा नम्बर १ मा २२९१, वडा नम्बर २ मा ३००१, वडा नम्बर ३ मा १४२१, वडा नम्बर ४ मा १८८०, वडा नम्बर ५ मा १८००, वडा नम्बर ६ मा १४६०, वडा नम्बर ७ मा ९००, वडा नम्बर ८ मा १०१४ र वडा नम्बर ९ मा ७४५ जना बालबालिकाले दादुरा रूवेला विरूद्वको खोप लगाएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

प्रया धेरै खोप केन्द्र विद्यालयमा रहेको र त्यहाँ अध्ययन गर्न छिमेकी पालिका लमही, गढवा र छिमेकी जिल्लाहरू प्युठान तथा अर्घाखाँचीका विभिन्न पालिकाहरूबाट समेत विद्यार्थीहरू अध्ययनका लागि आउने भएकोले पनि लक्ष्य भन्दा बढी खोप लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राउतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे