दाङको राप्ती गाउँपालिकाद्वारा थप ३ दिन गर्मी बिदा



दाङको राप्ती गाउँपालिकाद्वारा थप ३ दिन गर्मी बिदा

भालुवाङ ३० जेठ । दाङको राप्ती गाउँपालिकाले थप ३ दिन गर्मी बिदा दिएको छ ।

गत जेठ २४ गते देखि २६ गते सम्म गर्मी बिदा दिएको राप्तीले केही दिन देखि लगातार बढेको तापक्रमका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको तथा पठनपाठनमा समेत समस्या भएपछि सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गर्मी विदा थप गरेको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

गत जेठ २४ गते देखि २६ गतेसम्म पहिलो चरणमा गर्मी विदा गरेको पालिकाले २७ गतेदेखि पुनः पढाई सञ्चालन गर्न भनेको थियो । तर शिक्षासंग सरोकार राख्ने सरोकारवालाहरुले विद्यालयमा पठन पाठन स्थगित गर्न सुझाव दिए पछि मंगलबार पालिकाले एक विज्ञेप्ती निकालेर जेठ ३१ गते देखि असार १ गतेसम्म हिउँदे र बर्खे विदा कट्टी हुने गरी विद्यालयमा गर्मी विदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे