प्यूठान दुर्घटना ताजा अपडेट : मृतक आठै जनाकाे पहिचान खुल्याे, मृतक सबै दाङका



प्यूठान दुर्घटना ताजा अपडेट : मृतक आठै जनाकाे पहिचान खुल्याे, मृतक सबै दाङका

प्यूठान २९ जेष्ठ ।  दाङको घोराही १० नारायणपुरबाट प्युठानको स्वर्गद्धारी तिर्थयात्राका लागि गएका आठै जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । प्युठानको स्वर्गद्धारी नगरपालिकाको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको जिप दुर्घटना हुँदा ४ बालबालिका सहित ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिएका छन् ।

डिआइजी जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ५ का जीप चालक तारा कुमाल, दाङको गढवा गाँउपालिका ५ बाँकीका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा शाहा र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो । अर्का एक जनाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

स्वर्गद्धारी मन्दिरको दर्शन गरी फर्किने क्रममा प्युठानको स्वर्गद्धारी नगरपालिकाको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको जिप आज दिउँसो भीरबाट खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे