देउखुरीकाे राप्ती-५, मा झण्डै दुई हजार बालबालिकालाई दादुरा बिरूद्धकाे खाेप लगाइदै



देउखुरीकाे राप्ती-५, मा झण्डै दुई हजार बालबालिकालाई दादुरा बिरूद्धकाे खाेप लगाइदै

सिसहनियाँ २४ जेष्ठ । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ५ मा मात्रै करिब दुई हजार जना बालबालिकालाई दादुरा रूवेला बिरूद्धकाे खाेप दिइने भएकाे छ । वडाकाे ७ वटा खाेप केन्द्रबाट ६ महिना देखि १५ बर्ष मुनिका १ हजार ९ सय १३ जना बालबालिकालाई खाेप लगाउने लक्ष्य राखिएकाे राप्ती गाउँपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।

जस अन्तर्गत जेष्ठ २५ गते सर्वाेदय मावि सिसहनियाँमा ६ सय जना, जेष्ठ २६ गते दिपज्याेति इङ्गलिस बाेडिङ्ग स्कुल सिसहनियाँ कमल राेडमा २ सय ९५, स्टार समिट पहरूवामा १ सय ८०, जेष्ठ २८ गते बाल कल्याण आधारभूत विद्यालय पहरूवामा २ सय ८८, जेष्ठ २९ गते जनता मावि करङ्गेकाेटमा २ सय, प्रावि थकरीकाेटमा १ सय २० जना र जेष्ठ ३० गते पालिका भरिबाट छुटेका बालबालिकाकाे हकमा स्वास्थ्य चाैकी सिसहनियाँमा खाेप लगाउने व्यवस्था मिलाईएकाे स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।

यसैबीच वडा स्तरिय खाेप समन्वय समिती र सराेकारवालाहरूकाे अभिमुखीकरण तथा समन्वय बैठक आज दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५, स्थित सिसहनियाँ स्वास्थ्य चाैकीकाे सभाहल सिसहनियाँमा सम्पन्न भएकाे छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय स्वास्थ्य शाखाकाे आयाेजना तथा सिसहनियाँ स्वास्थ्य चाैकी र राप्ती गाउँपालिका ५ नम्बर वडा कार्यालयकाे समन्वयमा कार्यक्रम भएकाे हाे ।

५ नम्बर वडा अध्यक्ष देबप्रसाद चाैधरीकाे अध्यक्षतामा भएकाे अभिमुखीकरण कार्यक्रममा सिसहनियाँ स्वास्थ्य चाैकीकाे इन्चार्ज धनबहादुर खड्काले वडा र पालिकास्तरमा खाेपकाे अवस्था, लक्षित वर्ग, खाेपकाे महत्त्व, आवश्यकता, खाेप कार्यक्रम सञ्चालन, खाेप सञ्चालन गर्दा आईपरेका चुनाैती लगायतका बिषयमा जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा ५ नम्बर वडा भरिका जनप्रतिनिधि, राजनीतिदलका अगुवा, टाेल विकास संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, समाजिक अभियान्ता र पत्रकारहरू गरी ५० जनाकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे