देउखुरीकाे राप्ती-६, मा झण्डै १३ सय बालबालिकालाई दादुरा बिरूद्धकाे खाेप लगाइदै



देउखुरीकाे राप्ती-६, मा झण्डै १३ सय बालबालिकालाई दादुरा बिरूद्धकाे खाेप लगाइदै

सिसहनियाँ २४ जेष्ठ । राप्ती गाउँपालिका वडा नम्बर ६ मा मात्रै करिब १ हजार २ सय ९५ जनालाई दादुरा रूबेला बिरूद्धकाे खाेप दिइने भएकाे छ । वडाकाे ३ वटा खाेप केन्द्रबाट १ हजार २ सय ९५ जनालाई खाेप लगाउने लक्ष्य राखिएकाे राप्ती गाउँपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।

जस अन्तर्गत जेष्ठ २५ गते ज्ञानाेदय मावि पथरगढवा ६ सय ३६, जेष्ठ २६ गते मार्टिन एकडेमी पथरगढवा ५ सय ६२ र जेष्ठ २८ गते वडा भरिका छुटेका बालबालिकाकाे हकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र पथरगढवामा खाेप लगाउने व्यवस्था मिलाईएकाे स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।

यसैबीच वडा स्तरिय खाेप समन्वय समिती र सराेकारवालाहरूकाे अभिमुखीकरण तथा समन्वय बैठक आज दाङ देउखुरीकाे राप्ती गाउँपालिका-६, नम्बर वडा कार्यालयकाे सभाहल पथरगढवामा सम्पन्न भएकाे छ ।
राप्ती गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय स्वास्थ्य शाखाकाे आयाेजना तथा पथरगढवा आधारभूत स्वास्थ्य सेवा केन्द्र र राप्ती गाउँपालिका ६ नम्बर वडा कार्यालयकाे समन्वयमा कार्यक्रम भएकाे हाे ।

६ नम्बर वडा अध्यक्ष दिपककुमार चाैधरीकाे अध्यक्षतामा भएकाे अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा सहायक पदमप्रसाद पाैडेलले वडा र पालिकास्तरमा खाेपकाे अवस्था, लक्षित वर्ग, खाेपकाे महत्त्व, आवश्यकता, खाेप कार्यक्रम सञ्चालन, खाेप सञ्चालन गर्दा आईपरेका चुनाैती लगायतका बिषयमा जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा ६ नम्बर वडा भरिका जनप्रतिनिधि, राजनीतिदलका अगुवा, टाेल विकास संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, समाजिक अभियान्ता र पत्रकारहरू गरी ५० जनाकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे