देउखुरीकाे राप्ती-७ स्थित छाेट्की सिसहनियाँमा वडास्तरिय खाेप सम्बन्धी अभिमुखीकरण सम्पन्न



देउखुरीकाे राप्ती-७ स्थित छाेट्की सिसहनियाँमा वडास्तरिय खाेप सम्बन्धी अभिमुखीकरण सम्पन्न

सिसहनियाँ २४ जेष्ठ । वडा स्तरिय खाेप समन्वय समिती र सराेकारवालाहरूकाे अभिमुखीकरण तथा समन्वय बैठक आज बुधबार दाङ देउखुरीकाे राप्ती गाउँपालिका-७, स्थित सरस्वती आधारभूत विद्यालय छाेट्की सिसहनियाँमा सम्पन्न भएकाे छ ।
राप्ती गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय स्वास्थ्य शाखाकाे आयाेजना तथा बड्की सिसहनियाँ आधारभूत स्वास्थ्य सेवा केन्द्र र राप्ती गाउँपालिका ७ नम्बर वडा कार्यालयकाे समन्वयमा कार्यक्रम भएकाे हाे ।

७ नम्बर वडा अध्यक्ष सिताराम चाैधरीकाे अध्यक्षतामा भएकाे अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले वडा र पालिकास्तरमा खाेपकाे अवस्था, लक्षित वर्ग, खाेपकाे महत्त्व, आवश्यकता, खाेप कार्यक्रम सञ्चालन, खाेप सञ्चालन गर्दा आईपरेका चुनाैती लगायतका बिषयमा जानकारी गराउनु भएकाे थियाे ।

वडा नम्बर ७ मा मात्रै करिब ९ सय जनालाई खाेप दिने लक्ष्य राखििएकाे छ । वडाकाे ३ वटा खाेप केन्द्रबाट ८ सय ९८ जनालाई खाेप लगाउने लक्ष्य राखिएकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।

जस अन्तर्गत जेष्ठ २५ गते शुभदर्पण एकडेमी बड्का सिसहनियाँमा ४ सय ६४, जेष्ठ २६ गते सरस्वती आधारभूत विद्यालय छाेट्की सिसहनियाँमा १ सय ८४ र जेष्ठ २८ गते वडा भरिका छुटेका बालबालिकाकाे हकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र बड्का सिसहनियाँमा खाेप लगाउने व्यवस्था मिलाईएकाे स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।

कार्यक्रममा ७ नम्बर वडा भरिका जनप्रतिनिधि, राजनीतिदलका अगुवा, टाेल विकास संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, समाजिक अभियान्ता र पत्रकारहरू गरी ५० जनाकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे