राप्ती ७ का महिलाहरु सेनेटरी प्याड बनाउने तालिम सिक्दै



राप्ती ७ का महिलाहरु सेनेटरी प्याड बनाउने तालिम सिक्दै

सिसहनियाँ १८ जेठ । राप्ती गाउँपालिका वडा नं. ७ का महिलाहरु बिहिवार देखि सेनेटरी प्याड बनाउने तालिम लिन सुरु गरेका छन् ।

राप्ती गाउँपालिका वडा नं. ७ को आयोजनामा १० दिने तालिम सुरु भएको हो । वडा अध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन समेत गरिएको छ । तालिमको उद्घाटन गर्दै अध्यक्ष विष्टले सेनेटरी प्याड बनाउने तालिमबाट महिलाहरुको जीवन निर्वाहमा सहज हुनुका साथै स्वास्थ्यका हिसावले पनि स्थानीय स्तरमा उत्पादित प्याडले फाइदा रहेको बताएका छन् ।

त्यस्तै अध्यक्ष विष्टले नागरिकहरुलाई रोजगार सँग जोड्न गाउँपालिकाले १ वडा १ उद्योग अभियान समेत सुरु गरिसकेको बताएका छन् । कोही पनि नागरिक काम नपाएर भौतारिन नपरोस भन्नका लागि र पालिकालाई उद्योग सँग जोड्न सो अभियान सञ्चालन गरेको बताएका छन् । कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, गौरिया टोल विकास संस्थाका अध्यक्ष जगनारायण चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा भरिका ४० जना महिलाहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा दिपा बस्नेत रहेकी छिन् । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे