गढवा प्रहरी पनि योग अभ्यासमा जुट्दै



गढवा १८ जेठ । इलाका प्रहरी कार्यालय गढवाको आयोजना तथा पतञ्जली योग समिति दाङको प्राबिधिक सहयो तथा समन्वयमा बुधवार देखि प्रहरी कार्यालय गढवाको परिसरमा सुरक्षाकर्मीहरुलाई योग अभ्यास आरम्भ गरिएको छ ।

शारीरीक मानसिक तनाव कम गर्न, शारीरिक स्फूर्ति बढाउन र मानव शरिरमा लाग्ने बिभिन्न किसीमका रोगहरु कम गरी रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्न योग अभ्यासले निकै ठूलो भूमिका खेल्ने महिला पतञ्जली योग समिति दाङका प्रभारी (अध्यक्ष ) साहाना श्रेष्ठले बताइन् । गत जेठ ३० गतेदेखि गढवा उद्योग बाणिज्य संघको आयोजना र पतञ्जली योग बिज्ञान समिति दाङको प्राबिकधिक सहयोगमा गढवामा योग शिविर सञ्चालन भै रहेको छ ।

जसमा स्थानीय गाउँ तथा बजार क्षेत्रका महिलाहरुको आकर्षण बढेको पाइएको छ । उता पतञ्जली योग समिति दाङको प्राबिधिक सहयोगमा सुरक्षाकर्मीहरुका लागि इलाका प्रहरी कार्यालयको परिसर भित्रै बुधवार देखि योग अभ्यास आरम्भ गरिएको अध्यक्ष साहाना श्रेष्ठले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे