लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम जेठ २५ गते आउने



लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम जेठ २५ गते आउने

भालुवाङ १८ जेठ । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम २५ जेठमा आउने भएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम २५ जेठ बिहीबार ल्याउन लागिएको हो।

दिउँसो १ बजे प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेस हुनेछ। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम पेस गर्नेछन्। साथै प्रदेशमा बजेटको तयारी पनि तीव्र रूपमा अघि बढेको छ। अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार बजेट निर्माणको तयारी तीव्र गतिमा अघि बढेको छ। केही दिनअघि बजेटका प्राथमिकतामाथि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे