दाङ जिल्ला स्केटिङ एण्ड स्केटबाेडिङ संघको अध्यक्षमा : शाह



दाङ जिल्ला स्केटिङ एण्ड स्केटबाेडिङ संघको अध्यक्षमा : शाह

दाङ १८ जेठ । दाङ जिल्ला स्केटिङ एण्ड स्केटबाेडिङ संघको प्रथम जिल्ला साधारण सभा तथा अधिबेशन बिहीबार तुलसीपुरमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिबेशनबाट अध्यक्षमा युद्धजंग शाह चयन भएका छन् ।

उपाध्यक्षमा सुन्दर भण्डारी, सचिव निर्मल खड्का, सहसचिव पाेषण बस्याल, काेषाअध्यक्ष बिजय गिरीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा सन्दिप सेरपाइली , सुरेश मगर , इन्द्र बहादुर खड्का र झलक रसाइली चयन भएका छन् । यसै बीच संघले प्रदेश प्रतिनिधिमा सुवास शर्मा पोख्रेल र केन्द्रीय प्रतिनिधिमा माइकल बस्नेतलाई पठाउने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे