राप्ती चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले लिए सपथ



राप्ती चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले लिए सपथ

भालुवाङ १८ जेठ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबार सपथ लिएका छन् ।

गत जेठ १३ गते चेम्बरको दोस्रो वार्षिक साधारणसभा तथा विशेष अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक देवप्रसाद चाैधरी पद तथा गोपनियताको सपथ ग्रहयण गराएका थिए ।

सपथ लिएपछि नवनिर्वाचित अध्यक्ष नेमलाल बेल्वासेले व्यापारीहरूको हकहितका लागि र सामाजिक कार्यमा विशेष ध्यान दिएर काम गर्ने बताएका छन् । निर्वाचन समितिका संयोजक देवप्रसाद चाैधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य ओमप्रकाश गुप्ताले गरेका थिए ।

यसै बीच चेम्बरको पहिलो बैठक समेत बसेको छ । चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षमा भएको बैठकले चेम्बरको मासिक बैठक हरेक महिनाको दोस्रो हप्ताको शुक्रबार विहान ७ बजे संस्थाको कार्यालयमा बस्ने, चेम्बरको विधान निर्माण गर्ने, आर्थिक वर्ष २०८०/०८१ का लागि लुम्बिनी प्रदेश सरकार र राप्ती गाउँपालिका सँग चेम्बरको भवन निर्माणका लागि बजेट माग गर्ने, चेम्बरका पदाधिकारी तथा सदस्यहरू बीच राप्तीका सरोकारवाला निकाय सँग परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यस्तै चेम्बरले प्रेस सल्लाहकारमा देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, कानुनी सल्लाहकारमा अधिवक्ता हरि बेल्वासेलाई चयन गरेको छ । भने सल्लाहकारहरूमा कुमार अधिकारी, प्रकाश विष्ट, नुमानन्द सुवेदी, गंगाराम भट्टराई, प्रेमबहादुर बुढाथोकी, सुदन खनाल, युद्वबहादुर भुसाल, चित्रबहादुर केसी र विष्णा पुन रावतलाई चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे