लुम्बिनी प्रदेश सरकारले पत्रकारको दुर्घटना बीमा गर्ने



लुम्बिनी प्रदेश सरकारले पत्रकारको दुर्घटना बीमा गर्ने

भालुवाङ १७ जेष्ठ ।  लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने बताएका छन् ।

लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेले पत्रकारसँग सहकार्य गरी समयानुकूल ऐन, नियम बनाउँदै सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारको दुर्घटना बीमा नवीकरण गर्ने प्रक्रिया अघि बढाएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे